Friday, April 23

कैलालीमा कुलोमा डु बेर दुई वर्षीय बालकको निधन

August 24, 2020 93

धनगढीः कैलालीमा कुलोमा डु बेर दुई वर्षीय बालकको निधन भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका १ को मंगलपुरमा कुलोमा डुबेर दुई वर्षीय बालकको निधन भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले कुलोमा डु बेर दुई वर्षीय बालक प्रशान्त ओखेडाको निधन भएको बताए।

घर नजिकैको कुलोमा डु बेर गम्भीर भएका बालकलाई उपचारका लागि धनगढी ल्याईएको थियो। तर अस्पताल पुगाउँदा उनको निधन भईसकेको थियो। बालकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

यो पनि , धनगढीमा १२ प्रतिशत सामुदायिक संक्रमण, टीकापुर दोस्रोमा- धनगढीः पहिलो पटक गत चैतमा कोरोना संक्रमित भेटिएको सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा समुदाय स्तरमा संक्रमण फैलिन थालेको छ।धनगढी उप–महानगरपालिकामा अहिले सम्म एक सय ८२ जनामा कोरोना पुष्टि भएकोमा १२ प्रतिशत सामुदायिक अथात् ‘ट्राभल हिस्ट्री’ नभएका रहेका छन्।

उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले हाल सम्म २३ जनामा सामुदायिक संक्रमण देखिएको बताए। आईतबार संक्रमण पुष्टि भएका ६ जनामा पनि तीन जनामा सामुदायिक संक्रमण पुष्टि भएको उनले बताए। उनीहरुमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, विभिन्न संघसंस्थामा आवद्ध व्यक्ति, बैँक र निर्माण सेवाका कर्मचारी रहेका छन्। धनगढीपछि कैलालीको टीकापुर नगरपालिकामा झण्डै ९ प्रतिशत सामुदायिक संक्रमण देखिएको छ।

स्वास्थ्य कार्यालय कैलालीका अनुसार टीकापुरमा एक सय २० जना संक्रमित भेटिएकोमा १० जनामा सामुदायिक संक्रमण पुष्टि भएको छ। जुन ८ दशमलव ३ प्रतिशत हुन आउँछ। यस्तै गोदावरी नगरपालिकामा चार सय ४६ संक्रमित भेटिएकोमा ७ जना अथात एक दशमलव ५६ प्रतिशत, गौरीगंगा नगरपालिकामा एक सय ७९ संक्रमित रहेकोमा ९ जना अथात पाँच दशमलव ०८ प्रतिशत, घोडाघोडीमा ४७ संक्रमित भेटिएकोमा ६ दशमलव ३८ अथात तीन जनामा सामुदायिक संक्रमण पुष्टि भएको छ।

दुई सय ४६ जना संक्रमित रहेको लम्कीचुहामा शुन्य दशमलव ८१ प्रतिशत (दुईजना), कैलारी गाउँपालिकामा ४२ संक्रमित भेटिएकोमा ४ दशमलव ७६ प्रतिशत (तीन जना) र जोशीपुरमा १४ जना संक्रमित भेटिएकोमा ७ दशमलव १४ प्रतिशत (एकजना) मा सामुदायिक संक्रमण देखिएको छ। गत चैतमै स्थानीय स्तरमा कोरोना संक्रमण देखिएको कैलालीमा अहिले समुदायमा संक्रमण देखिन थालेको हो। भारतबाट फर्किनेहरुको क्वोन्टिनमा उचित व्यवस्थापन नगरी सोझै घर पठाउनु, स्वास्थ्य सुरक्षाका मापदण्ड पालन नगर्नु लगायतका कारण समुदाय स्तरमा संक्रमण फैलिएको जनाईएको छ। दिनेश खबर बाट

प्रतिकृया दिनुहोस्