Monday, August 2

बागमतीको भेलले मोटरसाइकल डुबायो, ठूलो प्रयासले निकालियो

July 20, 2020 680

साउन ५, २०७७ काठमाडौं : गोकर्णेश्वर नगरपालिका-८ माकलवारिको सानोपुल बागमती नदीमा पानीको बहाब बढेर पुलमाथिबाटै खोला बगेपछि एक मोटरसाइकल बगाएको छ। आइतबार रातिबाट परेको अविरल वर्षातका कारण बागमती नदीको पानीको बहाब बढेपछि सोमबार बिहान बा३३प १९१६ नम्बरको मोटरसाइकल बगाएको हो। नगरपालिकाका प्रवक्ता एंव वडा ८ का अध्यक्ष मनोजकुमार ढुंगानाले डुबेको बाइक निकालिसकेको जानकारी दिए। ‘पुलबाट पार गर्न खोज्दा बाइक अड्किएको थियो,’उनले भने,‘बाइक निकालिसकेको छ। केही मानवीय क्षति पनि भएको छैन।’ उनले अहिले बागमती नदीमा पानीको बहाब बढेको जानकारी दिँदै सतर्क रहन सर्वसाधारण र नदी आसपासका स्थानीयलाई आग्रह गरे। ‘अहिले वर्षातको सिजन भएकाले ठूलो पानी परिरहेको छ,’उनले भने,‘नगरपालिकाले नदीआसपास क्षेत्रमा सतर्क रहेर बस्न आग्रह गरेको छ।’

प्रतिकृया दिनुहोस्