Sunday, July 25

कोरोना संक्रमणका कारण अवकाश प्राप्त शिक्षकको मृत्यु, दुई वर्षीया नाबालिकासहित परिवारका अन्य तीनमा पनि कोरोना संक्रमणको पुष्टि

August 24, 2020 172

विराटनगर – विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर महानगरपालिका–८ का ६५ वर्षीय पुरुष रहेका छन् । उनको आइतबार राति ९ बजे मृत्यु भएको हो। मृतक अवकाश प्राप्त शिक्षक हुन्।

उनको उपचारका लागि अस्पताल लगिएको एक घण्टामै मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि ती पुरुषलाई ८ बजेतिर अस्पताल लगेपनि अबसथा गम्भीर भएका कारण बचाउन नसकिएको उपचार केन्द्रका प्रमुख एवं बरिष्ठ फिजिसियन डा। दीपक सिग्देलले बताए । मृतकका परिवारमा दुई वर्षीया नाबालिकासहित अरु तीन जनामा यसअघि नै कोरोना संक्रमण पुष्टि भइसकेको छ।

प्रतिकृया दिनुहोस्