Thursday, May 13

आफ्नी प्रेमिकासँग चाडै नै बिहे गर्ने तयारीमा सलिनमान बानिया

August 24, 2020 196

काठमाडौं-चलचित्र ‘ए मेरो हजुर २’बाट डेब्यु गरेका सलिनमान अत्यन्तै रुचाइएका कलाकार हुन् । छोटो समयमा नै लोकप्रियता हासिल गरेका सलिनमानले गरेको दोस्रो फिल्म यात्रालाई पनि दर्शकले उत्तिनै रुचाए । यसै बिच सामाजिक संजाल इन्स्टाग्राममा आफ्ना फ्यानहरुको प्रश्नको जवाफ दिदै सलिनमानले आफुले प्रेमिकासँग चाडै बिहे गर्ने बताएका हुन् ।

सलिनमान केही समय देखी एक युवतीको प्रेममा रहेको कुरा उनले फ्यान माझ लुकाएका थिएनन् । अब भने उनीे चाडै नै बिहे गर्ने तयारीमा रहेका छन् ।

यस्तै, एक फ्यानले अब ड्रेसअप परिवर्तन गर्नुहोस् भनेर आग्रहमा उनले –‘चलचित्रको पर्दामा मैले ड्रेसअप परिवर्तन गर्नुपर्ने भूमिका आयो भने म गर्छु । तर, अरु समयमा म आफूलाई सहज हुने पहिरन लगाउँछु भनेर जवाफ दिएका छन् । त्यस्तै उनले चाडै नै अर्को फिल्मको तयारीमा रहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस्