Tuesday, May 11

नेपालमा पछिल्लो एक हप्तामा ४५ कोरोना संक्रमितले गुमाए ज्यान, यो संख्या बढ्दै गए अवस्था डरलाग्दो हुने

August 24, 2020 108

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण बढीरहेका बेला ज्यान गुमाउनेहरुको संख्या पनि बढ्दो छ । लगातार मृतकको संख्या बढ्दै जाँदा महामारीको संकट झनै डरलाग्दोगरी बढ्ने देखिन्छ । नेपालमा साउन ७ गते लकडाउन खुकुलु पारेसँगै भारतबाट नेपाल भित्रिने तथा भारतबाट सिधै काठमाडौँ प्रवेश गर्नेहरुलाई सरकारले बेवास्था गर्दा नेपालमा पनि अवस्था दिनानुदिन प्रतिकुल बन्दै गइरहेको छ ।

२० साउनबाट दैनिक कोरोना संक्रमणबाट मृत्यु संख्या थपिने क्रम बढेका बेला एकै दिन ११ जनाले ज्यान गुमाएका छन् भने भदौको पहिलो हप्तामा मात्रै नेपालमा ४५ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । जेठमा भन्दा असारमा, असारमा भन्दा साउनमा बढी मानिसको मृत्यु भएको तथ्यांक देखाइरहँदा सरकार भने अस्पताल बढाउनुको सट्टा राजनीतिक लुछाचुडिमा नै अलमलिइरहेको छ ।

कोरोना नियन्त्रणको सम्पूर्ण जिम्मा स्वास्थ्य मन्त्रायलाई लगाएर के गरिरहेको छ ? नेपालमा चैतमा नै कोरोना देखिएपछि अस्पताल बढाउन, स्वास्थ्कर्मीलाई तालिम दिन, स्वास्थ्य सामाग्री भित्र्याउन चुकेको सरकारले काठमाडौँमा महामारी बढ्दा अहिले रुने र दाँत देखाउने काम गरेर किमार्थ सुख पाउनेवाला छैन । अझै पनि २ तिहाईको सरकारलाई समय छ ।

सरकार कोरोना नियन्त्रणमा किन चुक्यो ? सरकार एक्लैले कार्यकर्तालाई कोटा बाँडेझै सबै एक्लै गर्छु भन्नु भन्दा उच्च स्तरीय राजनीतिक संयन्त्र गठन गरेर चौतर्फी बेरोजगार कार्यकर्ता, शिक्षक, सेना, सरकारी कर्मचारी किन परिचालन नगरेको ?

प्रतिकृया दिनुहोस्