Monday, July 26

बाढिले नारायणी किनारको हात्ती बगायो (भिडियो हेर्नुहोस् )

July 20, 2020 1205

काठमाडौं / लगातार परेको झरीसँगै पानीको बहाव बढेपछि नारायणी नदि किनारमा राखिएको दूइवटा हात्तिको प्रतिमा मध्ये एउटा हात्तीलाई बाढिले बगाएको छ।

निरन्तर पानि परेकाले पानीको बाहाव बढे संगै चितवन लगाएत देशका विभिन्न ठाउमा बाढि तथा पहिरोले क्षति पनि पुगेको छ। नारायणी नदीमा यस वर्षकै पानीको सताह उच्च मापन पनि गरिएको छ।

बाढी आउन सक्ने भएकाले ताती छेत्रमा बसोबास गर्ने स्थानिय लाई सतर्क रहन स्थानिय प्रशाशन ले आग्रह गरेको छ।

भिडियो हेर्न यहाँ थिच्नुहोस् ।

त्यस्तै दार्चुलामा पहिरोले घर भत्किँदा च्यापिएर आमा–छोरीको मृत्यु भएको छ।

आइतबार राति अबिरल वर्षाका कारण आएको पहिरोले घर भत्किँदा च्यापिएर नौगाड गाउँपालिका–६ मा ३५ वर्षीया मानमतीदेवि ठगुन्ना र उनकी ६ वर्षीया छोरी आरतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार घर माथिबाट आएको पहिरोले घरको सम्पूर्ण सामान नष्ट भएको छ । पहिरोमा परी चारजना घाइते भएका छन् । पहिरोले एउटा विद्यालय भवन र चार घर बगाएको जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार प्रहरी घटनास्थलतर्फ गइरहेको छ । जिल्लाका विभिन्न ठाउमा अत्यधिक वर्षासँगै बाढी र पहिरोबाट क्षति पुगेको जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस्