Friday, July 30

वर्षा शिवाकोटीले आक्रोश हुँदै बोलिन,हामिलाई बचाउने,सेवा गर्ने स्वास्थ्य कर्मिलाई राखेको घर घेर्न मिल्छ (भिडियो हेर्नुहोस )

August 25, 2020 256

वर्षा शिवाकोटीको स्टाटस जस्ताको तस्तै, “ सानो अनुरोध​ “ संसारभर फैलिएको कोरोना कहरबाट आज सारा विश्व ग्रसित छ​। यो महामारी नेपालमा पनि १-२ को संख्याबाट​आज सयौँ र हजारौँको संख्यामा दिनानुदिन बढिरहेको छ​। क्वारेन्टिन​, आईसोलेसन​, हस्पिटलका वार्डहरुमा संक्रमितहरु थपिँदै ग​एका छन्। यस समयमा आफू र आफ्नालाई सुरक्षित राख्नु पर्ने त छँदैछ​। साथै, स्वास्थ्य सेवा प्रदान गर्न खटिनु हुने सम्पूर्ण डाक्टर​, नर्स, मेडिकल क्षेत्रका सबै र यस्तै सेवा र हामीलाई सुरक्षित राख्न तत्पर सबैको कार्यको सही मूल्यांकन गर्न पनि उत्तिकै जरुरी छ​।

यस्तो जटिल परिस्थितीमा एक- अर्काका लागि सहयोग, माया र सद्भाव राख्नु अत्यन्त आवश्यक छ​। केही घटनाहरुमा संक्रमितलाई अपहेलित गरिएको, कतिमा त अझ संक्रमितको स्याहारमा लाग्नुहुने डाक्टर​, नर्सहरुमा पनि संक्रमण देखिएपछि उहाँहरुलाई नै टोलछिमेकका सबै मिलेर दुर्व्यवहार गर्ने प्रवृति पक्कै पनि अशोभनीय छ​। त्यसैले, हालको यस जटिल परिस्थितीमा हाम्रा लागि दिनरात नभनी खटिनु हुनेलाई सम्मान गर्ने गरौँ। आफ्नो समुदायमा कोही संक्रमित हुनुहुन्छ भने उहाँहरुको विशेष ख्याल राख्ने गरौँ। मानवताकै नाताले नै किन नहोस्, अहिलेको अवस्थामा एक​- अर्कालाई साथ दिऔँ र सहयोग गरौँ। धन्यवाद,भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्