चट्याङले कञ्चनपुरमा एकजनाको मृत्यु, दुई घाइते

August 25, 2020 179

भदौ ९, २०७७ कञ्चनपुर : बेलौरी नगरपालिका-१ बैशाखीमा चट्याङ लागेर एकजनाको मृत्यु र दुईजना घाइते भएका छन्। सोमबार राति च्टयाङ लागेर घाइते भएका २२ वर्षीय लोकेन्द्र चन्द गम्भीर घाइते भएका थिए। उनको कैलालीको निःसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिए। उक्त घटनामा २६ वर्षीय सुजन शाही र २० वर्षीय नरेश शाही घाइते भएका छन्। उनीहरुको पनि निःसर्ग अस्पतालमा उपचार भैरहेको छ। घर नजिकैको राधाकृष्ण मन्दिरमा बसेर तीनै जनाले मोबाइल चलाउँदै गर्दा राति ८ः२५ बजे चट्याङ लागेको बताइएको छ।

प्रतिकृया दिनुहोस्