Friday, April 23

कुलमान घिसिङले भने ‘फेक अकाउन्ट खोलेर मेरा बारेमा दिइएको सूचना गलत हो ‘

August 26, 2020 141

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिनै लाग्दा देशभर उनलाई दोहोर्याउन आवाज उठेको छ । यसैबिच सामाजिक संजालमा कुलमानको फेक एकाउन्ट खोलेर गलत सूचना प्रवाह भएपछि उनले आफ्नो बारेमा गलत सूचना दिइएको भन्दै उक्त समाचारको खण्डन गरेका छन् । फेक ट्वीटर अकाउन्टबाट मंगलबार कुलमानलाई पुन प्राधिकरणको प्रमुखका रुपमा नियुक्ती गरिएको भन्दै उनकै नामको फेक ह्याण्डलबाट गरिएको ट्विट भाइरल बन्यो ।

राष्ट्रिय मिडियाहरुले समेत बिना पुष्टि सोही ट्वीटलाई आधार बनाउँदै समाचारहरु तयार गरेपछि कुलमान स्वयमले नै
नामक ट्वीटर ह्यान्डलबाट घिसिङले आफ्नो नभएको प्रतिक्रिया दिएका छन् ।

@kulman_ghising7 नामक उएक्त ह्याण्डल अहिले बन्द गरिएको छ । सो अकाउन्ट फेक भएको भन्दै घिसिङले ‘मेरो फेक अकाउन्ट खोलि विभिन्न समाचारहरु सम्प्रेसन भएकोले मेरो यो बाहेक कुनै अरु आधिकारिक अकाउन्ट नभएको जानकारी गराउँदछु भन्दै आफ्नो आधिकारिक अकाउन्टमा पोष्ट गरेका छन् ।

प्रतिकृया दिनुहोस्