बिधुत प्राधिकरणमा पुन: कुलमान घिसिङ्ग रहन सक्ने !

August 26, 2020 217

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पदममा कुलमान घिसिङलाई निरन्तरता दिइँने भएको छ। आज बस्ने मन्त्रिपरिषद बैठकले घिसिङलाई नै विद्युत प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गर्ने स्रोतको दाबी रहेको छ।

बैठकले घिसिङको कार्यकाल पुनः थप गर्ने बताइएको छ। मन्त्रिपरिषदको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै बैठक सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकराी गराएका छन्।

यो नियमित बैठक हो। कोरोना संक्रमणको जोखिम बढिरहेकोले रोकथाम तथा नियन्त्रणयससम्बन्धी महत्वपूर्ण निर्णय हुनसक्ने बुझिएको छ। साथै कुलमानलाई नै निरन्तरता दिने ‍‍‍‌औपचारिक जानकारी आउने बताइएको छ।

प्रतिकृया दिनुहोस्