Tuesday, June 22

दमकका एकसहित झापामा ८ जना संक्रमित थपिए

August 26, 2020 242

दमक ,९ भदौ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा दमकका एकसहित झापामा ८ जनामा संक्रमण देखिएको छ । जिल्लाको भद्रपुरमा १ महिला ३ पुरुष, कमलगाउँपालिकामा १ महिला १ पुरुष, दमक र गौरीगञ्जमा १–१ पुरुष संक्रमित भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
संक्रमित हुनेमा बिराटनगरमा बस्ने दमक १० का २५ बर्षीय पुरुष रहेका छन् ।त्यस्तै संक्रमित हुनेमा गौरीगञ्ज गाउँपालिका वडा नं १ का ५० वर्षिय पुरुष भरतपुर क्यान्सर हस्पिटलबाट फर्केका थिए । आफन्तको उपचार गराउन गएका ती ब्यक्तिलाई भरतपुरबाट फर्किएपछि क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्रले बताए ।
त्यस्तै भद्रपुरमा एक प्रहरीसहित तीनजना संक्रमित हुनेमा विराटनगरबाट सरुवा भएर भद्रपुरको ५ नं वडा प्रहरी कार्यालय आएका पुरुष प्रहरी रहेका छन् । त्यस्तै भारतबाट फर्केर मेची बहुमुखी होल्डिङ सेन्टरमा बसेका धनुषाका एक पुरुष तथा काठमाडौंका एक महिला र अर्का पुरुषमा संक्रमण पुष्टि भएको भद्रपुर नगरपालिकाका स्वास्थ्य शाखाका मनोज भट्टराईले बताएका छन् ।

प्रदेश १ मा १०९ जना संक्रमित थपिए

प्रदेश १ मा १ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा २९ महिला र ८० पुरुष छन् ।संक्रमण पुष्टि भएकाहरुमा मोरङ र सुनसरीमा समान ४८–४८ जना छन् भने झापामा ८, खोटाङमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १० महिला र १६ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै, धनपालथानमा २ महिला र ६ पुरुष, ग्रामथानमा १ महिला र ५ पुरुष, बेलबारीमा १ महिला र २ पुरुष, बुढीगंगामा २ पुरुष, रंगेलीमा १ पुरुष, जहदामा १ महिला र स्थानीय तह नखुलेकी १ महिलामा संक्रमण पुष्टि भएको छ । यसैगरी सुनसरीको दुहवीमा २ महिला र १४ पुरुष छन् भने इटहरीमा ४ महिला र ४ पुरुष, भोक्राहा नरसिंहमा ६ पुरुष, कोशी गाउँपालिकामा ५ पुरुष, बराहक्षेत्रमा ३ पुरुष छन् । यस्तै, इनरुवामा १ महिला र २ पुरुष, धरानमा ३ महिला, बराहक्षेत्रमा ३, गढीमा १ र स्थानीय तह नखुलेको एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै, खोटाङको दिक्तेलामा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ का कोरोना संक्रमितको संख्या २ हजार ८ सय ३२ पुगेको छ । प्रदेश १ मा आज ४९ डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ३३२ पुगेको छ । प्रदेश १ मा आज २ हजार ३९ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म ८० हजार ७४५ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्