Wednesday, April 21

डर र त्रासले छटपटीदै म बन्द कोठा भित्र थुनिएको छु गायक : प्रमोद खरेल

August 26, 2020 128

काठमाडौ घदौ १० । लकडाउनका कारण घरमा नै परिवारसँग समय बिताएका लोकप्रिय गायक प्रमोद खरेलको एउउटा कविता यतिबेला चर्चामा छ ।

लामो समय अध्यापनमा बिताएका यि ह्याण्डसम गायक बहुमुखि प्रतिभाका धनि ब्यक्तित्व हुन् ।

गायनका अलावा साहित्य शृजनामा पनि उत्तिकै रुची राख्ने प्रमोदले जनता सिटामोलको अभावमा छटपटिमा परेका बेला नेता भने भागवण्डामा लागेको भन्दै असन्तुष्टी पनि व्यक्त गरेका छन् ।

आज सामाजिक संजालमा प्रमोदले आफ्नो मनमा उथल पुथल भएको भावनालाइ कतिवाका माध्यमबाट ब्यक्त गर्दै बढ्दो भ्रष्टाचार र विसंगीतलाई पनि यसरी तिखो शैलीमा प्रहार गरेका छन् । पढ्नुहोस् प्रमोदको ब्यग्इात्मक कविता जस्ताको त्यस्तै
म बन्द कोठा भित्र थुनिएको छु
डर र त्रासले छटपटीदै
सुनौला दिनको सपनामा उनिएको छु
जीवनको घाम चर्किएको छ, सकस र अभाव मैं तिर फर्किएको छ
मेटाउन खोज्दैछ शक्तिशाली खेलले
बगाउन खोज्दैछ महामारी को भेलले
घॉटी घॉटी पानीमा डुब्दै डुंगा पछाडी झुण्डिएको छु
अत्यास लाग्छ अनभिज्ञ छु
न मलाइ केहि थाहा छ, न केहि जान्दछु…
ननिस्कनु बाहिर भन्छन, बस् त्यहि मान्दछु…
पुर्खा को इतिहास किताबमा सिमित राखेर
पराधिन छु त्यसै पनि
कसैले ओखती बनाइदिए गर्व गर्ने छन् यहॉ
कसैका आविष्कार र उन्नतीमा बहस गर्न आतुर छन् यहॉ
देश र जनताको नामको पर्चा छर्छन् यहॉ
दुनो सोझ्याउनु त छ सबैलाइ
भ्रस्टचार र भागवण्डा ले पेट भर्छन् यहॉ
जीन्दगी बन्दगी राखेर सास फेर्नेहरु
सिटामोल को अभावले मर्छन यहॉ
म बन्द परिवेश भित्र थुनिएको छु
डर र त्रास ले छटपटीदै
सुनौला दिनको सपनामा उनिएको छु
अत्यास लाग्छ अनभिज्ञ छु
न मलाइ केहि थाहा छ, न केहि जान्दछु…
ननिस्कनु बाहिर भन्छन, बस् त्यहि मान्दछु…

प्रतिकृया दिनुहोस्