Thursday, April 15

रौतहटमा तीनै बालिकाको श व भेटियो, सरकारले गर्यो यस्तो निर्णय

August 26, 2020 101

रौतहट स्थित बागमती नदीमा बे पत्ता भएका तीनजना बालिकाको श व फेला परेको छ । गढीमाई नगरपालिकास्थित बागमती नदीमा ऋषि पञ्चमिको अवसरमा नुहाउन जाँदा आइतबार तीनजना बालिका बेपत्ता भएका थिए । गढीमाई नगरपालिका वडा नं. ७ धर्मपुर टोल बस्ने भदै मुखियाकी अन्दाजी १० वर्षीया छोरी पिंकु कुमारी मुखिया, लक्षुमण दासकी १२ वर्षीया छोरी सुसिता कुमारी दास र छट्टु मुखियाकी १० वर्षीया छोरी चञ्चल कुमारी मुखियाको श व भेटिएको हो ।

घटना लगत्तै धर्मपुर प्रहरी चौकीबाट र ईप्रका समनपुरबाट क्षेत्र बहादुर बरुवालको कमाण्डमा खटिएको टोलीले स्थानीयको सहयोगमा खोजतलास गर्दा सोहि दिन अपरान्ह ३ बजेको समयमा पिंकु कुमारी मुखियाको श व बरामद गरेको थियोे । मंगलबार माधवनारायण नगरपालिका–८ स्थित बाग्मती खोलाको किनारमासुसिता कुमारी दासको र राजदेवी नगरपालिका–९ ब्रम्हपुरीस्थित बागमती नदीको पूर्वपट्टी किनारमा चञ्चल कुमारी मुखियाको पनि श व फेला परेको रौतहट प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन् ।

यता घटनाप्रति प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुःख व्यक्त गर्दै मृ तकहरुको आत्मको चिरशान्तिको कामना र मृ तका परिवारप्रति सम्वेदना प्रकट गरेका छन् । प्रदेश सरकारले मृ तक परिवारलाई १।१ लाख रुपैयाँ क्षतिपुर्ति उपलब्ध गराउने घोषणा समेत गरेको छ । टुडेपाटीबाट (फोटो फाइल)

प्रतिकृया दिनुहोस्