Thursday, April 15

निषेधाज्ञाको सातौँ दिन काठमाडौँ उपत्यकाको सुरक्षा ब्यबस्था थप कडा पारियो (फोटोफिचर)

August 26, 2020 318

काठमाडौं । काठमाडौं उपत्यकामापहिलो चरणको निषेधाज्ञाको आज सातौँ दिन । सातौँ दिनका दिन ओएस नेपाल टिमले उपत्यकाका विभिन्न स्थानका दृश्यहरु हाम्रो क्यामेरामा कैद गरेको छ । जहाँ उपत्यकाका मानिसहरु अनुशासित बनेर घरमा नै बसिरहेका छन् । मानिसहरु अत्यावश्यक काम बाहेक बाहिर निस्किएका छैनन् ।

यसैबिच सरकारले फेरी एक साताका लागि निषेधाज्ञा लम्ब्याइएको छ । उपत्यकाका ३ जिल्लाकै प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा थप गर्ने निर्णय गरेसँगै १ साताका लागि निषेधाज्ञा लम्ब्याएर भदौ १७ गतेसम्मका लागि तय गरिएको हो ।

पछिल्ला दिन काठमाडौँ उवपत्यकामा दैनिक २ सय बढी संक्रमित फेला पर्नु र काठमाडौँ जिल्ला नै उच्च जोखिममा रहेको भन्दै आज राती १२ बजेदेखि पुन निषेधाले निरन्तरता पाउनेगरी निषेधाज्ञा बढाइएको हो ।

सोमबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले पनि संक्रमण बढेको निष्कर्ष निकाल्दै १५ भदौसम्म निषेधाज्ञा लम्ब्याउन प्रशासनलाई सिफारिस गर्ने निर्णय गरेको भएता पनि प्रशासनले २ दिन थपेर भदौ १७ सम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

 

 

प्रतिकृया दिनुहोस्