Thursday, April 15

कोरोना भाइरसबाट पछिल्लो पटक ७ जिल्लाका ११ जनाको मृत्यु

August 27, 2020 210

भदौ १०, २०७७ काठमाडौं : कोरोनाका कारण पछिल्लो पटक नेपालमा थप ११ जनाको मृत्यु भएको छ। संक्रमणका कारण महोत्तरीका ३, बाराका २, कैलालीका २, काठमाडौं, भक्तपुर, बाँके, र मोरङका एक–एक जनाको मृत्यु भएको हो। यद्यपी ११ जनाकै भने संघीय स्वास्थ्य मन्त्रालयले भने मृत्यु भएको पुष्टि गरेको छैन्। काभ्रेको धुलिखेल अस्पतालमा उपचार गराइरहेका भक्तपुरका एक कोरोना संक्रमितको गएराति मृत्यु भएको छ। भक्तपुर सुर्यविनायक ८ का ५५ वर्षीय कोरोना संक्रमितको राति १२ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाले जानकारी दिए। उनी तीन दिन अघि अस्पतालमा भर्ना भएका थिए। उनी मुटु रोग र थाइराइडको पनि उपचार गराइरहेको अस्पतालले छ। यस्तै, कैलालीको धनगढीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा गोदावरी नगरपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो। तीन दिनदेखि निसर्ग अस्पतालको आइसीयुमा उपचाररत उनलाई हिजो कोरोना पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा सारेर भेन्टिलेटरमा राखिएको थियो। गएराति उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दीलिप कुमार श्रेष्ठले जानकारी दिए। यस्तै विराटनगरको न्यूरो अस्पतालमा महोत्तरीका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। साउन ३१ गते अस्पतालमा भर्ना भएका महोत्तरीका ६० वर्षीय पुरुषको गएराति ११ बजेतिर मृत्यु भएको हो। अस्पतालका कोभिड १९ व्यवस्थापन समिति संयोजक रन्जितराज बस्नेतका अनुसार टाउकोको नशा सुकेर प्यारालाईसिसको समस्या भएका पुरुष न्यूरोको भेन्टिलेटरमा उपचाररत रहेकै बखत भदौ ३ गते स्वाब संकलन गरी गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिएको थियो। ललितपुरको पाटन अस्पतालमा काठमाडौंका ५४ वर्षिय पुरुषको उपचारका क्रममा गएराति साढे ९ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। अस्पतालका अनुसार उनी साउन २३ गतेदेखि अस्पतालमा उपचार गराइरहेका थिए। यस्तै बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का ३७ वर्षीय पुरुषको मृत्यु भएको स्वाथ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए। छातीको समस्या देखिएपछि उनी उपचारका लागि गत सोमबार नेपालगन्ज मेडिकल कलेजमा भर्ना भएका थिए। यसै गरी पर्साको वीरगन्जस्थित अस्थायी कोभिड अस्पतालमा उपचार गराइरहेका बाराका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। संक्रमण पुष्टि भएपछि वीरगन्जको अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएकामध्ये एक जनाको हिजो बेलुकी र अर्का पुरुषको गएराती मृत्यु भएको अस्पतालले जनाएको छ। मृत्यु हुनेहरुमा बाराको कलैयाका ६६ बर्षीय पुरुष र विश्रामपुर छतवाका ४२ बर्षीय पुरुष रहेका नारायणी अस्पतालका सूचना अधिकारी डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए। यसैगरी, मोरङको विराटनगर महानगरपालिका–१५ की ४४ बर्षिया कोरोना संक्रमित महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ। बूढीगंगा गाउँपालिका–२ स्थित टंकीसिनवारीमा रहेको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा गएराति उनको मृत्यु भएको विराटशिक्षण अस्पतालका प्रशासन प्रमुख सुधीर राठौरले जानकारी दिए। महिलाको श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि हिजो दिउँसो अस्पतालमा भर्ना गरिएको थियो । कोशी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको केही बेरमै उपचाररत महिलाको मृत्यु भएको हो। यसै गरी महोत्तरीको मनरा सिसवा नगरपालिका वडा नम्वर ५ का ७५ वर्षीय पुरुष र बलवा नगरपालिका वडा नम्वर ३ का ७७ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो । ७५ वर्षीय पुरुष उच्च रक्तचाप र मधुमेहका रोगी रहेको र भरतपुर स्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा संक्रमण देखिएपछि महोत्तरीमा आइसोलेशनमा बस्दै आएका थिए। स्वास्थ्य विग्रिएपछि जलेश्वर अस्पताल जाँदै गर्दा गेटमै उनको मृत्यु भएको थियो। ​बलवाका ७७ वर्षिय पुरुषको भदौ ६ गते संक्रमण पुष्टि भएको थियो। यसै गरी कैलालीको बर्दगोरिया गाउँपालिकामा एक जनाको मृत्युपछि कोरोना पुष्टि भएको छ। गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्णदेव जोशीका अनुसार भदौ १ गते बर्दगोरियाका ५ घर भएका ५० वर्षे मोहन्याल गाउँ पालिका ३ मा घुम्न गएको बेला अचानक मृत्यु भएको थियो। ‘स्थानीयले घटनास्थलबाट मृत शरीरलाई बोकेर ल्याउने क्रममा थ्रोट स्बाव लिएका थियौं’, जोशीले भने,‘ पीसीआर रिर्पोट मंगलबार पोजिटेभ आएको हो।’ उनले अहिले मृतकको मलालीमा गएका र सम्पर्कमा आएका ब्यक्तिको खोजी भइरहेको बताए।

प्रतिकृया दिनुहोस्