Thursday, May 13

कुलमान घिसिङजस्ता देशलाई उज्यालो बनाउने मान्छे सँधै चाहिन्छ, उहाँलाई दोहोर्याउनुपर्छ : रामकृष्ण

August 27, 2020 330

काठमाडौँ । यतिबेला चौतर्फी चर्चामा छन् नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ । लोडसेडिगं अन्त्य गरेर देशबासीका सामुन्ने राम्रो लोकप्रियता कमाएका कुलमान घिसिङको कार्यकाल अर्को महिना सकिन लाग्दा देशभर उनलाई नै दोहोर्याउनुपर्ने माग बढेको छ ।

कुलमानको कार्यकाल आउँदो भदौ २९ गते उनको कार्यकाल सकिन लागेका बेला लोकप्रिय गायक रामकृष्ण ढकालले पनि कुलमानकै पक्षमा आवाज उठाएका छन् ।

रामकृष्णले इस्टाग्राममा कुलमानको सर्मथनमा आफ्नो धारणा राख्दै भनेका छन् हामी सबैका लागि ‘कुलमान’ जस्ता कुशल मान्छे हिजो चाहिन्थ्यो,आज चाहिन्छ र भोलि पनि चाहिने छ। अवस्य हामीलाई देश उज्यालो बनाउने मान्छे हरदम चाहिन्छ ।

 

 

प्रतिकृया दिनुहोस्