Wednesday, June 23

एउटै बृद्ध ब्यक्ति पटक पटक देशको प्रधानमन्त्री हुन मिल्ने ? कुलमान दोस्रो पटक निर्देशक बन्न नमिल्ने ?

August 27, 2020 227

काठमाडौं – लोडसेडिगं अन्त्य गरेर चर्चामा आएका कुलमान घिसिङको कार्यकाल अर्को महिना सकिन लागेका बेला कुलमानलाई दोहोर्याउन जनस्तरबाट चर्को दबाब आइरहेको छ । सामाजिक संजालमा एउटै बृद्ध ब्यक्ति पटक पटक देशको प्रधानमन्त्री हुन मिल्ने ? कुलमान दोस्रो पटक निर्देशक बन्न नमिल्ने ? भन्ने भनाईहरु भाइरल बनिरहेका बेला आउँदो भदौ २९ गते उनको कार्यकाल सकिन लागेको हो । आफ्ना कार्यकालमा धेरै राम्रा काम गरेर जनताका मनमा बास बस्न सफल उनी २०७३ सालको भदौ २९ गते मन्त्रिपरिषद् बैठकबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।

घिसिङलाई अर्को ४ वर्षको लागि कार्यकारी निर्देशकमा पुनः नियुक्ती गर्नको लागि कुनै ऐन, नियम बाधक छैनन् । यसमा विभागीय मन्त्री वर्षमान पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमानलाई नै दोहोर्याउलान् वा उनको विकल्प खोज्लान् ? त्यो समयले नै देखाउला ।

तर यतिबेला प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङको विकल्पमा विद्युत विकास विभागका महानिर्देशक नविनराज सिंहको नाम समेत चर्चामा छ । स्रोतका अनुसार ऊर्जामन्त्री पुनले घिसिङको ठाउँमा विभागका सिंह ल्याउने तयारी गरेका छन् । त्यस्तै प्राधिकरणकै उपकार्यकारी निर्देशक शेर सिंह भाटको नाम पनि चर्चामा छ । यसैगरी केहीले पुनर्निर्माण प्राधिकरणका सुशील ज्ञवालीको नाम पनि लिइरहेका छन् ।

देशले सधै हिउँदमा दैनिक १८ घन्टासम्मको लोडसेडिङ भागेको थियो तर कार्यकारी निर्देशक घिसिङ प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएपछि २०७३ सालको लक्ष्मीपूजाको दिनदेखि काठमाण्डौ उपत्यकालाई लोडसेडिङमुक्त बनाएका थिए ।

कार्यकाल सम्हाल्दा ९ अर्ब रुपैयाँ घाटामा रहेका प्राधिकरणलाई घिसिङले प्राधिकरणलाई अर्बौ फाइदा दिएर कमाल नै गरेका छन् । महशुल घटाएर जनता र उद्योग धन्दालाई ठूलो राहात दिएका कुलमान जस्ता ५ जना नेता र ५ जना कर्मचारीहरु हुने हो भने नेपालले पक्कै पनि कोल्टे फेर्नेछ । नेपालमा भ्रष्ट नेता र राजनीति गर्ने कर्मचारीका कारण कोल्टे फेर्न नसकेको हो । कुलमान जस्तै इमान्दार कर्मचारीहरु हुने हो भने नेपाल बन्नलाई धेरै दिन पक्कै लाग्ने छैन ।

प्रतिकृया दिनुहोस्