Tuesday, June 22

३८ सय वर्ष पुरानो देवीको मुर्ती फेला परेपछि हेर्न आउनेको भीड

August 27, 2020 130

काठमाडौं- ३८ सय वर्ष पुरानो किराँत देवीको मुर्ती फेला परेको छ । अरनिको राजमार्गको जमिनको सतहभन्दा करिब तीन सय मिटर तल उक्त देविको मुर्ती फेला परेको हो ।उक्त मूर्ति नेपालको एक सबैभन्दा प्राचीन मुर्ती रहेको बताइएको छ । पुरातत्वविदहरूले उक्त मुर्ती ३८ सय वर्ष पुरानो रहेको जनाएका छन्। मुर्ति शुक्रबार एक निर्माण कार्यको क्रममा फेला परेको हो। मुर्तिमा गरगहनाको राम्रोसँग शिल्प गरिएको छ भने प्रतिमाको दाँया हात नभएको तस्बिरमा देख्न सकिन्छ। देवीको प्राचिन प्रतिमा फेला परेपछि हेर्न आउने मानिसहरुको बाक्लो भीड लागेको छ ।

प्रतिकृया दिनुहोस्