Tuesday, June 22

भारतीय सैन्य प्रमुखले चीन विरुद्ध आ’क्रमण गर्ने संकेत दिएपछि झस्कियो चीन

August 27, 2020 447

एजेन्सी । सिमा विवाधका कारण चीन र भारत दुवैदेशको सम्बन्धमा गिरावट आइरहेका बेला भारतीय सेनाका पुर्व प्रमुख एवं डिफेन्स स्टाफका प्रमुख जनरल विपीन रावतको एक टिप्पणीले समस्या सुल्झाउनुको साटो झन् तनाव श्रीजना गरेको छ।

भारत र चीनविच पछिल्लो समय भइरहेको चरम्बद्ध वार्ताबाट कुनै निर्शकर्ष नआइरहेका बेला जनरल विपीन रावत समस्या वार्ताबाट समाधान नभए अन्तिम विकल्प भारतीय सेनासंग रहेको भन्दै यु’द्धको संकेत दिएका थिए ।

उनले हिन्दुस्तान टाईम्ससगँको कुराकानीमा लद्धाखमा चीनीया अति’क्रमण रोक्न सैन्य कार्बाहीको विकल्प बारे बिचार भईरहेको बताए ।
लद्धाखमा जुन १५ मा दुबै देशका सेनाबीच ह’तियार विहीन तर र’क्त’पातपूर्ण झ’डप पछि लगातार सैन्य तथा कुटनीतिक स्तरमा वार्ता जारी रहेका बेला रावतको यो भनाई आएको हो । उक्त झ’ड’पमा भारतीय सेनाका कर्णेल सहित २० सेना मा’रिएका थिए ।

उनले शान्तिपूर्ण रुपमा भारतले विवादको समाधान चाहेको बताउदै सेनाले सम्पूर्ण तयारी पुरा गरेको समेत दाबी गरे ।
लद्धाखबाट डेढ किलो मिटरका दरले दुबै देशका सेना फिर्ता गर्ने चीन भारतबीच सहमति भएको थियो ।

तर पनि ३५ सय किलोमिटर भन्दा बढी विवादीत सीमा क्षेत्रमा दुबै देशले सेना र ह’तिया’रको केन्द्रीकरण ती’व्र पारेका छन् ।
वास्तविक नि यन्त्र ण रेखामा पहिलाको जस्तो स्थिति बहाल नभएमा सैन्य कार्बाहीका लागि रक्षा सेवा हमेसा तयार रहेको रावतको भनाई छ ।
लद्धाखमा चीन र भारतबीच सन् १९६२ मा यु’द्ध भएको थियो ।

जसमा भारत पराजीत भए पछि डोकलाम सहितका क्षेत्रमा सन् २०१७ मा विवाद भएको थियो भने जुन १५ मा लद्धाखमा र’क्त’पातपूर्ण झ’डप भएको थियो ।

पछिल्लो समय भारतले चीनसगँ सभावित यु’द्धको तयारी स्वरुप फ्रान्सबाट खरीद गरेको राफेल लडाकु विमान, क्षे’प्यास्त्र , टैंकहरु बोर्डरमा तैनाथ गरेको छ ।

चीनले पनि स्टेल्थ फा’ईटर जे एफ २०, ड्रोन, टैंक र ४ हजार किलो मिटर सम्म मार हान्न सक्ने प’र’माणु ह’तियार सम्पन्न देगंफेंग २६ जस्ता घा’तक ह’तियार केन्द्रीत गरेको छ ।

 

प्रतिकृया दिनुहोस्