२३ वर्षकी गर्भवती महिलाको कोरोना संक्रमितका कारण निधन

August 27, 2020 295

वीरगञ्ज – कोरोना भाइरसबाट संक्रमित भएकी एक गर्भवती महिलाको निधन भएको छ । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत बारा हर्दिया गाउँकी २३ वर्षकी गर्भवती महिलाको उपचारको क्रममा बिहीबार बिहान निधन भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए ।

भदौ ८ गते स्वास्थ्यमा समस्या देखिएपछि ती महिलालाई उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएको थियो । उनमा श्वासप्रश्वासमा समेत समस्या देखिएपछि स्वाब संकलन गरी आइसोलेशनमा राखी उपचार हुँदै आएको थियो । बुधबार आएको रिपोर्टमा उनी संक्रमित रहेको पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि थप सतर्कताका साथ उपचार भइरहँदा ती महिलाको बिहीबार बिहान निधन भएको अस्पतालले जनाएको हो ।

यो पनि, कोरोना संक्रमितलाई १० दिनमा एक पटक पिरिआर परिक्षण, १४ दिनमा घर पठाउने- काठमाडौं । कोरोना भाइरसका बिरामी १४ दिनसम्म मात्र अस्पतालको आइसोलेनमा बस्न पाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको व्यवस्थापन गर्न सातै प्रदेशका सामाजिक विकास मन्त्रालयमा यस्तो परिपत्र गरेको हो।

कोरोनाको लक्षण तथा चिह्नहरू नभएका र सामान्य लक्षण एवं चिह्नहरू भएका बिरामीको १० दिनमा पीसीआर गरी डिस्चार्ज गर्न भनिएको छ। १० दिनमा पोजिटिभ आए १४ दिनमा परीक्षण नगरी डिस्चार्ज गर्ने व्यवस्था मिलाउन परिपत्र गरिएको हो।मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार मुलुकभरका सम्पूर्ण कोभिड–१९ अस्पताललाई परिपत्र गरिएको छ। ‘१० दिनमा परीक्षण गर्दा पोजिटिभ आयो भने अरू ४ दिन राख्ने हो’, प्रवक्ता डा। गौतमले भने।

कोरोना एक दिनमै सयौंको संख्यामा वृद्धि हुन थालेपछि अस्पतालका बेड भरिभराउ छन्। १४ हजार ७ सय ३९ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ८ सय ८५ जना संक्रमित थपिएका छन्। पीसीआर परीक्षण गरेकामध्ये सं’क्रम’णदर ५।४ प्रतिशत छ। हालसम्म ३४ हजार ४ सय १८ जनामा कोरोना पोजिटिभ देखिएको छ। जसमध्ये १९ हजार ५ सय ४ जना निको भएका छन्। निको हुने दर ५६।७ प्रतिशत छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा। सागरकुमार राजभण्डारीले दिनहुँ संक्रमितको संख्या वृद्धि भइरहेकाले मन्त्रालयको परिपत्र स्वाभाविक भएको बताए। ‘१४ दिन राखिसकेपछि कोरोना भाइरस निष्क्रिय हुन्छ। अर्को व्यक्तिमा सर्ने सम्भावना हुँदैन’, डा। राजभण्डारीले भने। १० दिनमा पोजिटिभ आए पनि नसर्ने भएकोले १४ दिनमा डिस्चार्ज गर्दा केही फरक नपर्ने उनको भनाइ छ।

अस्पतालको आइसोलेसनमा बसिरहेका संक्रमितले पीसीआर परीक्षण गर्न दबाब दिन थालेपछि मन्त्रालयले दोस्रो पटक परिपत्र गरेको छ। सिकिस्त बिरामीले अस्पतालमा बेड पाउन नसक्ने अवस्था उत्पन्न भएको चिकित्सकले जनाएका छन्। कर्णाली र सुदूरपश्चिमबाहेक प्रदेशमा आइसीयू र भेन्टिलेटरमा बस्नेहरू बढेका छन्। आइसोलेसनमा बसेका कतिपय बिरामीले अझैं बढी बस्ने इच्छा देखाउन दबाब दिने गरेको एक चिकित्सकले बताए।

प्रतिकृया दिनुहोस्