Wednesday, June 23

बाँकेमा एकै दिन ५१ जना नेपाली सेनामा कोरोना देखिएपछि आर्मी क्याम्प सिल !

August 27, 2020 390

नेपालगन्ज, ११ भदौ । बाँकेमा एकै दिन ५१ जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ ।बुधबार वागेश्वरी डाईग्नोस्टिक एण्ड पोलिक्लिनिक नेपालगन्जमा गरीएको परिक्षणमा नेपाली सेनाका ५१ जवानलाई संक्रमण पुष्टि भएको हो । एकै पटक यति धेरैमा कोरोना देखिएपछि बाँकेको कौशिलानगरस्थित आर्मी क्याम्प सिल गरीएको छ ।

नेपालगन्जको भेरी अस्पतालमा गरिएको परिक्षणमा २२ जना र बागेश्वरी डाइग्नोस्टिक प्रयोगशालामा गरिएको परिक्षणमा ५५ गरी ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । एक बटालियनलाई नै संक्रमण देखिएपछि मध्यपश्चिम पृतना शिक्षालय कौशिलानगर सिल गरीएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्