Friday, April 23

नेपालमा आज एकैदिन १ हजार १११ जनामा कोरोना संक्रमणको पुष्टि

August 27, 2020 181

काठमाडौं । नेपालमा आज देशभर ११११ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । आज ३३४ महिला ७७७ पुरुष गरेर ११११ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै देशभर ३५ हजार ५ सय २९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै नेपालमा आज ५ सय ५९ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । त्यस्तै नेपालमा आज ५ सय ५९ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २० हजार ७३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएका हुन् । यसअघि हिजोसम्म संक्रमणमुक्त हुनेको संख्या १९ हजार ५०४ थियो । त्यस्तै काठमाडौँमा २ सय ७० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो अहिलेसम्मकै सर्वाधिक ठूलो तथ्यांक हो ।

प्रतिकृया दिनुहोस्