Sunday, July 25

४१ वर्षीया शशिकला राईलाई ‘ब्रेन ट्युमर’, शल्यक्रिया गर्न आर्थिक अभाव

August 28, 2020 456

काठमाडौं, १० भाद्र । बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत भोजपुरको हतुवागढी गाउँपालिका–४ की ४१ वर्षीया शशिकला राईलाई ‘ब्रेन ट्युमर’ शल्यक्रियाका लागि परिवारले आर्थिक सहयोगको आह्वान गरेको छ ।

उनलाई शल्यक्रियाका लागि ७–८ लाख रुपैयाँ जम्मा गर्न अस्पतालले भनेको छ । तर बिरामीको आर्थिक अवस्था कमजोर भएकाले आफैले रकम जुटाउन नसक्ने भएपछि परिवारले आर्थिक सहयोगको आह्वान गरेको हो ।

कोभिड–१९ को विषम परिस्थितिमा राईको पति र छोरा समेत बिरामी भएर गाउँमा छन् । ‘आमाको उपचार गर्न अस्पतालले ७–८ लाख जम्मा गर्नु भनेको छ, हामीसँग त्यत्रो खर्च जुटाउने स्थिति छैन, आमाको ज्यान बचाउनका लागि सहयोगी हातहरुको अपेक्षामा छौ’ बिरामी कुरुवाको रुपमा आएकी छोरी एलिसा राईले भनिन् ।

किरात राई विद्यार्थी संघ केन्द्रीय कार्य समितिले केन्द्रीय सचिव प्रविणा राईको नेतृत्वमा ‘शशिकला राई उपचार सहयोग अभियान’ सञ्चालन गरी सहयोग संकलनमा सहयोग गरिरहेको छ । आर्थिक पारदर्शिताका लागि अभियानमा सचिव प्रविणा राई को नाममा रहेको सिदार्थ बैंक (Siddhartha Bank) गंगबु शाखा ( खाता नं. ०१६१५०७२४६५ मा सहयोग रकम जम्मा गरि उपचाररत राईको जीवन रक्षा गरिदिन परिवार र किरात राई विद्यार्थी संघ केन्द्रीय कार्य समितिका महासचिव रविन राईले विज्ञप्ति जारी गरि सहयाेगका लागि अपिल गरेको छन ।

राईलाई साउन १८ गते आखाको समस्या भएकोले तिलगंगा अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले सिटिस्क्यान गर्न भक्तपुर क्यान्सर अस्पतालमा रिफर गरेको थियो । भक्तपुरमा सिटिस्क्यान गर्दा ब्रेन ट्युमर भएको चिकित्सकले पत्ता लगाएपछि शल्यक्रिया गराउनुपर्ने भयो । तर भक्तपुरमा हप्ता दिन कुर्दासम्म शल्यक्रिया गराउनेबारे अस्पतालले निर्णय दिन नसकेपछि विरामीलाई बल्खुस्थित बयोधा अस्पतालमा शल्यक्रियाका लागि भर्ना गरिएको छ । बयोधाले तत्कालै शल्यक्रिया गर्नुपर्ने भनेको छ ।

प्रतिकृया दिनुहोस्