Tuesday, May 11

विद्यालयमा तास खेल्दै गरेको अबस्थामा प्रधानाध्यापकसहित ११ जना मोटो रकम सहित समातिए

August 28, 2020 402

चितवन — विद्यालयमा तास खोलिरहेको अबस्थामा प्रधानाध्यापकसहित ११ जना पक्राउ परेका छन् ।खैरहनीको इलाका प्रहरी कार्यालयले बिहीबार दिउँसो १ बजे खैरहनी नगरपालिका–२ को लिटिल हेभन स्कुलबाट उनीहरुलाई ४५ हजार ६४० रुपैयाँ प्रकाउ गरेको हो ।स्कुलमै जुवा खेल्दै गरेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा विद्यालयका प्रधानाध्यापक खैरहनी–२ का विष्णु सिलवालसहित सोही ठाउँका राजकुमार गुरुङ, ऋषिजन केसी, उमेश केसी, गुणराज केसी, तिलक श्रेष्ठ, राजु थापा, राम थापा, शिव सिलवाल, बलराम सिलवाल र बेनी केसी रहेका छन् ।

प्रतिकृया दिनुहोस्