Wednesday, April 21

रक्षामन्त्री पोरखेल र गृहमन्त्री थापा होम आइशोलेशनमा

August 28, 2020 252

काठमाडौं। उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम आइशोलेशनमा बसेका छन्। सीसीएमसीमा कार्यरत एक जना कार्यलय सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएपछि रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापा होम आइशोलेशनमा बसेका हुन्।

सीसीएमसीमा कार्यरत एक जना कार्यलय सहयोगीलाई बिहीबार कोरोना देखिएपछि रक्षा र गृहमन्त्री होम आइशोलेशनमा बसेका हुन्। गृहमन्त्री थापा बिहीबार मन्त्रालयमा दिनभर व्यस्त थिए। तर शुक्रबार भने मन्त्रालय गएका छैनन्। उपप्रधान तथा रक्षामन्त्री पोखरेल पनि शुक्रबारदेखि होम आइशोलेनमा बसेको स्रोतले जनाएको छ।

यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहालका सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ भएपछि उनी पनि होम आइशोलेशनमा बसेका थिए। केही दिन अगाडि वरिष्ठ नेता माधव नेपालका सुरक्षाकर्मीलाई पनि कोरोना पोजेटिभ भएपछि नेता नेपाल होम आइशोलेशनमा छन्।

वरिष्ठ नेता नेपाल, रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापा नेकपा सचिवालय सदस्यसमेत हुन्। नेकपाले शनिबार विहान ११ बजे बस्ने गरी सचिवालय बैठक बोलाएको छ। ९ सदस्यीय सचिवालयमा दुई जना होम आइशोलेनमा बसेपछि बैठक बस्ने नबस्ने अनिश्चित भएको छ।

पछिल्लो समय काठमाडौं उपत्यकासहित मुलुकभर कोरोना संक्रमितको संख्या बढिरहेको छ। कोरोनाको जोखिम उच्च भएपछि सरकारले दुई हप्तादेखि काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ।

 

प्रतिकृया दिनुहोस्