Tuesday, June 22

प्रहरी पक्राउ गर्न आएपछि बच्न सबै लुगा फुकालेर अनौठो ब्यवहार

August 29, 2020 1998

धनगढी । प्रहरीले पक्राउ गर्न आएपछि एक जना युवाले अनौठो उपाय अपनाएका छन् । प्रहरीवाट बच्न उनले आफ्ना सबै लुगा फुकालेका छन् । शुक्लाफाँटा नगरपालिका १० झलारी बजारमा प्रहरीले एक जनालाई पक्राउ गर्न खोजेको थियो । उनले प्रहरी माथि यस अघि आ’क्र’मण गरेका थिए ।

महाकाली नगरपालिका ७ दोधाराका विरेन्द्र बोगटीले प्रहरी पक्राउ गर्न आएपछि अनौठो ब्यवहार देखाएका हुन् । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक धर्मेन्द्र रावलले अहिले भने उनलाई पक्राउ गरिएको बताएका छन् ।

डयुटीमा रहेका प्रहरी माथि आ’क्र’मण गरेका बोगटीलाई पक्राउ गर्ने क्रममा उनले सबै लुगा खोलेका अनौठो ब्यवहार देखाएका हुन् । उनलाई अहिले पक्राउ गरेर आवश्यक अनुसन्धानको कार्य भैरहेको प्रहरीले जनाएको छ ।

बेदकोट नगरपालिकाको दैजीमा बोगटीले स्थानीयलाई पनि प्र’हा’र गरिरहेका बेला सशस्त्र प्रहरी निरीक्षक ईश्वरी दत्त भट्टले रोक्न खोजेका थिए । उनी प्रहरी माथि नै जाइलागे । त्यती मात्र होइन उनले सशस्त्र प्रहरी भट्ट चढेको मोटरसाईल खो’सेर शुक्लाफाँटाको झलारी पुगे।

झलारी बजारमा डयुटीमा रहेका प्रहरी र सशस्त्र प्रहरीले बोगटीलाई रोक्न खोज्दा प्रहरी माथि नै जाइलागेर प्रहरीकै मोटरसाइकल चढेर हिडेपछि उनलाई पक्राउ गरिएको हो । प्रहरीले बोगटीलाई नियन्त्रणमा लिन खोज्दा पाइन्ट, कट्टु समेत फु’का’लेर ना’ङ्गै हिडन थालेपछि स्थानिय बासिन्दा, सशस्त्र प्रहरी छक्क परेका थिए ।

नियन्त्रणमा लिईएका बोटगटीलाई अहिले इप्रका झलारीको हिरासतमा राखिएको छ । यस अघि समेत बोगटीले यस्तै ब्यवहार देखाउने गरेको स्थानियले जनाएका छन् । तस्बिर: गोदावरी न्युजवाट

 

प्रतिकृया दिनुहोस्