Thursday, May 13

मणिपाल अस्पतालका डाक्टर सहित ८ जना प्रहरीमा देखियो कोरोना

August 29, 2020 101

पोखरा । गण्डकी प्रदेशमा शनिबार ९ संक्रमित थपिएका छन् । संक्रमित हुनेमा मणिपाल अस्पतालका एक जना डाक्टर सहित ८ जना लमजुङमा कार्यरत प्रहरी रहेका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार शनिबार बिहान ९ संक्रमित थपिएसँगै गण्डकीमा कोरोना संक्रमितको कुल संख्या २०६५ पुगेको छ ।

शुक्रबार मात्रै लमजुङ बेँशीशहरमा कार्यरत १२ जना प्रहरीमा कोरोना देखिएको थियो । त्यस्तै यस अघि पनि णिपाल अस्पतालका एक चिकित्सकमा कोरोना पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस्