Saturday, July 24

पाटन अस्पतालमा काठमाडौं र भक्तपुरका दुईजना कोरोना संक्रमितको मृत्यु

August 29, 2020 100

भदौ १३, २०७७ काठमाडौं : ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौं र भक्तपुरका महिला रहेका छन्। प्रतिष्ठानका निर्देशक डा. रवि शाक्यका अनुसार काठमाडौंकी ५१ वर्षीया महिलाको शुक्रबार राति साढे १० बजे र भक्तपुरकी ६२ वर्षीया महिलाको शनिबार बिहान पौने ७ बजे मृत्यु भएको हो। काठमाडौंकी महिला भदौ ८ गते र भक्तपुरकी महिला साउन ३० गतेदेखि अस्पतालमा उपचाररत रहेको शाक्यले जानकारी दिए।

प्रतिकृया दिनुहोस्