August 29, 2020 1654
केही साताअघि गोंगबुमा भएको कृष्ण बहादुर प्रकरणमा प्रहरीको अनुसन्धान पूरा भएको छ । प्रहरीले गोंगबु प्रकरणको छानबिन तथा अनुसन्धान गरी कल्पना पौडेललाई जन्मकैदको सजाय माग दाबी गर्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिलकाे कार्यालयमा पठाएको छ ।
प्रतिवेदनमा रोल्पा रुन्तीगढीका ४५ वर्षीय कृष्णबहादुर बोहराकाे ज्यान लिने चितवन शक्तिखोरकी ३७ वर्षीया कल्पना मुडभरी (पौडेल)ले अभियाेग स्वीकार गरेको भन्दै कल्पनालाई जन्मकैदको सजाय माग दाबी गरिएकाे छ ।
साथै सहयोग गरेकी उनकी १५ वर्षीया छोरीलाई दुईतिहाइ कम सजाय माग गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
बोहरा अनुसन्धान बिहीबार नै सकिएको र अध्ययन प्रतिवेदन शुक्रबार मात्र सरकारी वकिल कार्यालयमा बुझाइएको परिसरले जनाएको छ ।
भिडियो हेर्नुहोस
प्रतिकृया दिनुहोस्