Saturday, July 31

पर्वतको कुस्मामा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

July 21, 2020 385

साउन ६, २०७७ पर्वत : मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको कुस्माबाट बागलुङ, म्याग्दी र मुस्ताङ जाने सडक सोमबार रातिदेखि अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीका अनुसार कुस्मा नगरपालिका–२ खुर्कोटमा पहिरोसँगै खसेपछि सोमबार राति ११ बजेदेखि सडक अवरुद्ध भएको हो। पहिरोसँगै खसेको ठूलो ढुङ्गालाई एक्स्काभेटर सहायताले हटाउन नसकिएका र ब्रेकरले फुटाउनुपर्ने भएकाले सडक सञ्चालनमा आउन केही घण्टा लाग्ने भएको छ। सडक अवरुद्ध भएपछि बागलुङ र म्याग्दीबाट पर्वत र पोखराका लागि छुटेका सवारी तथा पोखरा र पर्वतबाट बागलुङ र म्याग्दीका लागि हिँडेका सवारीहरू पहिरो गएको स्थानको दुबैतर्फm रोकिएर बसेका छन्।

प्रतिकृया दिनुहोस्