Wednesday, April 21

लोकप्रिय नायक राजबल्लभ कोइरालाको आज जन्मदिन

August 30, 2020 310

काठमाडौँ । लोकप्रिय नायक राजबल्लभ कोइरालाको आज जन्मदिन हो । १९८२ सालमा कास्की जिल्लाको पोखरामा जन्मेका नायक कोइरालाको जन्मदिनको अवसरमा बिहानैदेखि शुभकामनाको ओइरो लागेको छ ।

डेव्यु फिल्म ‘पर्खि बसे’ सुपरहिट भएपछि नेपाली चलचित्र क्षेत्रमा जमेका उनले २ दर्जन बढी फिल्ममा अभिनय गरिसकेका छन् । पढेलेखेका र राम्रो अभिनय क्षमता भएका नायकमा गनिने उनी फरक९फरक गेटअपमा देखिने नायकको रूपमा पनि चर्चा कमाएका अभिनेता हुन् ।

‘हाइवे टु धम्पुस’ नामक हलिउड फिल्म खेलेर हलिउड फिल्म खेल्ने पहिलो नेपाली नायक बनेका राज अमेरिका निवासी प्रतिमा बिमलीसँग विबाह गरेसँगै अमेरिका भासिएका यि प्रतिभावान् अभिनेतालाई जन्मदिनको अवसरमा ओएस नेपालका तर्फबाट लाखौँ लाख शुभकामना ।\

 

प्रतिकृया दिनुहोस्