Monday, July 26

बाढीमा दाउरा निकाल्दा नारायणीमा एकजना बेपत्ता

July 21, 2020 273

साउन ६, २०७७ नवलपरासी : बाढीले ल्याएको दाउरा निकाल्ने क्रममा बर्दघाट सुस्ता पश्चिमको सुस्ता गाउँपालिकाका एकजना बेपत्ता भएका छन्। वडा नम्बर ४ नरसहीको थारुगाउँका सन्तु चौधरीलाई बाढीमा दाउरा निकाल्ने क्रममा नदीले बगाएको हो। उनलाई मंगलबार बिहान साढे ८ बजे १३ नम्बर ठोक्करबाट पानीको बहावले बगाएको हो। नारायणी नदीमा बाढी आउँदा बगाएर ल्याएका काठ, दाउरा निकाल्न नरसही, पक्लिहवालगायतका क्षेत्रका स्थानीयको नदी किनारमा भिड लाग्ने गर्दछ।

प्रतिकृया दिनुहोस्