Monday, July 26

ह्वात्तै घट्यो कुखुराको मासुको मुल्य

August 30, 2020 975

काठमाडौं, भदौ १४ । सरकारले कोरोना संक्रमणका कारण गरेको बन्दाबन्दी र पछिल्लो समयको निषेधाज्ञाले पोल्ट्री व्यवसायले करोडौं घाटा बेहोर्नु परेको छ ।कुखुरापालक किसानहरूले नयाँ चल्ला नकिन्दा ५६ रुपैयाँ ४५ पैसा उत्पादन लागत परेका बोइलर कुखुराका चल्ला २० रुपैयाँमा पनि विक्री हुन छाडेका हुन् ।

महामारी नियन्त्रणका लागि सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरेपछि कुखुरापालक किसानहरूका खोरमै तयारी अवस्थामा रहेका कुखुरा विक्री नहुँदा र नयाँ उत्पादित चल्लाको माग घट्दा यस्तो अवस्था सृजना हो ।निषेधाज्ञा लागू भएपछि काठमाडौंलगायत देशका अन्य ठूला शहरमा समेत पसल खोल्ने समय निश्चित भएकाले मासुको विक्रीसँगै मूल्य पनि घटेको छ । मासुको विक्री नै कम भएसँगै नयाँ उत्पादित चल्लाको माग घट्दा उत्पादन लागतभन्दा न्यून मूल्यमा समेत चल्ला बिक्न छाडेको पोल्ट्री व्यवसायीहरूको गुनासो छ ।

नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष टीकाराम पोखरेल अहिले किसानले उत्पादन गरेका तयारी कुखुरा विक्री नभएर नयाँ चल्लाको माग घटेकाले लागतभन्दा कम मूल्यमा बेच्न खोज्दा पनि चल्ला विक्री नभएको बताउँछन् ।ल्लाको माग घटेर लागतभन्दा कम मूल्यमा समेत विक्री नहुँदा हाल संघले सातामा ३० लाख चल्ला नष्ट गर्दै आएको उनले जानकारी दिए ।

यसअघि सामान्य अवस्थामा देशभर ३ सय २४ ओटा ≈याचरीले सातामा ४२ लाख चल्ला उत्पादन गर्दै आएको संघको तथ्यांक छ । तर, लामो समयको बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाका कारण हाल करीब ५० भन्दा बढी ≈याचरी बन्द रहेकाले चल्ला उत्पादनसमेत घटेको छ । आर्थिक अभियानमा खबर छ । त्यसैगरी कुखुराको उत्पादन बढेका बेला निषेधाज्ञा गरिएसँगै निश्चित समय मात्र मासु पसल खोल्न सकिने प्रावधानका कारण मासु विक्री हुन नसकेर मूल्यमा समेत गिरावट आएको छ ।

बन्दाबन्दीको समय कुखुराको विक्री घटेका कारण किसानले कुुखुरापालन नगरेपछि असार २० गतेसम्म बजारमा प्रतिकिलो ३ सय ९० रुपैयाँ पुगेको मासुको मूल्य त्यसयता पटकपटक ओरालो लाग्दै २ सय ४० रुपैयाँमा झरेको मासु व्यवसायी संघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्