Tuesday, June 22

भारतबाट हिँडेका लोक नेपाल आइनपुग्दै बिचबाटोमा नै बेहोश भएपछि उपचारका क्रममा गयो ज्यान

August 30, 2020 699

महेन्द्रनगर, भदौ १३ – भारतबाट फर्किएका पुरुषको बाटैमा बेहोस भएर मृत्यु भएको छ । मृत्यु हुनेमाअछामको बान्नीगढ जयगढ गाउँपालिका–४ का ५२ वर्षीय लोकबहादुर रावल रहेका छन् । कैलालीमा भारतबाट फर्किरहेका बेला एक्कासी बाटोमै बेहोस भएपछि उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताइएको छ ।

उनी भारतको राजस्थानबाट छोरासहित फर्किएका रावल गौरीफन्टा नाका नजिकै मोहना पुलमा शनिबार बिहान एक्कासी बेहोस भएका थिए।रावलको उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। क्षयरोग समस्याबाट ग्रसित रावलको कोरोना परीक्षणका लागि स्वाब लिइएको बताइएका छ । कोरोना परीक्षण रिपोर्ट आएपछि मात्रै शव व्यवस्थापन गरिने छ।

प्रतिकृया दिनुहोस्