Friday, April 23

भक्तपुरमा होम आइसोलेसनमा बसेका पुरुषको कोरोनाका कारण मृत्यु

August 30, 2020 184

काठमाडौं-भक्तपुरमा होम आइसोलेसनमा बसेका एक जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका–१ दूधपाटीका ६५ वर्षीय बृद्ध रहेका छन् । होम आइसोलेसनमा बसेका ति बृद्धलाई भदौ ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण भएपछि उनी घरमै बसिरहेका थिए । बृद्धको शनिवार राति कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनको कोरोनाबाट मृत्यु भएपछि परिवारको पनि कोरोना परीक्षण गर्न लागिएको जनाइएको छ । उनमा उच्च रक्तचाप र महुमेहको समस्या पनि रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्