Tuesday, June 22

भक्तपुरमा खोला किनारका बस्ती डुबान, पहिरोको पनि जोखिम

July 21, 2020 304

साउन ६, २०७७ भक्तपुर : अविरल परेको वर्षाले भक्तपुरका केही स्थानमा पहिरो गएको छ भने खोला किनारका वस्ती तथा बालीनाली डुवानमा परेको छ। दुई दिन यता निरन्तर परेको वर्षाले चाँगुनारायण नगरपालिका–९ ताथलीको गिरी टोलमा बस्ती नै जोखिममा पर्ने गरी पहिरो गएको छ। पहिरोका कारण स्थानीय सानुभाइ गिरीको घर र गिरी बस्नेत टोल सडक जोखिममा परेको छ। जग्गा व्यवसायीले जथाभावी डोजर चलाएर जग्गा प्लटिङ गर्दा पहिरो गएको पीडित गिरीले बताए। ‘गत वर्षसम्म यो ठाउँमा पहिरो गएको थिएन। तर प्लटिङ गर्नेले जग्गा सम्याउँदै भएको रुख विरुवा काट्दा पहिरो गयो। पहिरोले घरै भेट्न लागिसक्यो,’ उनले भने, ‘हिजोबाट त झन् पहिरो बढ्न थाल्यो। मैले वडाध्यक्ष, प्लटिङ गर्नेलाई पनि भनेँ, वडाध्यक्ष आएर हेरेर जानुभयो, प्लटिङ गर्ने मान्छे अहिले मोबाइल स्वीच अफ गरेर बसेको छ।’ पहिरो गएको स्थानमा बोरा र त्रिपालले छोपेर थप क्षति हुन नदिने उपाय अबलम्बन गरिएको छ।

प्रतिकृया दिनुहोस्