Tuesday, May 11

ग्याल्जेन दोर्जेलाई विनासर्त रिहा गर्न कुमार लिङ्देनकाे माग

August 30, 2020 392

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले झण्डा जलाएको घटनामा पक्राउ परेका ग्याल्जेन दोर्जे तामाङ लगायत सबैजनालाई विनासर्त रिहाइ गर्न सरकारसँग माग गरेको छ ।

मञ्चका अध्यक्ष कुमार लिङ्देनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त माग गरेका हुन् ।

लिङ्देनले बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनमा नेपालको नक्साको केक बनाएर खाँदा हुने आपूmले पनि विरोध स्वरुप झण्डा जलाएको दृश्य राख्दा ठीकै होला भन्ने सोचेर ग्याल्जेनले उक्त भिडियो बनाएको देखिएको उल्लेख गरेका छन् ।

‘प्रधानमन्त्रीजस्तो कुर्सीमा बसेकै बेला उक्त व्यक्तिले नेपालकै नक्सा आकारको बर्थडे केक काट्दा उन्मुक्ति पाएको दृश्य देखेपछि एक युवा कलाकार ग्याल्जेन दोर्जेले पनि यतिको भर्चुअल दृश्य राख्दा ठीकै होला भन्ने निर्दोष दिमागले उक्त भिडियो निर्माण गरेको देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘ग्याल्जेन दोर्जेको भिडियोमा देश नै तहसनहस पार्ने कुनै मनसाय देखिदैन । बरु यतिको विविध जाति, भाषा भएको मुलुकमा किन यति धेरै एकपक्षीयता भन्ने स्वाभाविक सवाल र आक्रोशहरु उठान गरेको देखिन्छ ।’

लिङ्देनले विज्ञप्तिमार्फत आफ्नाे पार्टीले २०६७ सालमै नेपालको झण्डा, राष्ट्रिय जनावर आम जनताको भावना समेटेर मात्र बनाउनुपर्ने माग राखेको स्मरण गरेका छन् ।

प्रतिकृया दिनुहोस्