Friday, May 14

धरानमा कोरोनाबाट एकै दिन आमाछोराको मृत्यु

August 31, 2020 177

भदौ १४, २०७७ विराटनगर : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस संक्रमणबाट आमाछोराको ज्यान गएको छ। आइतवार ज्यान गुमाउने दुवैजना धरान उपमहानगरपालिका-१७ रेल्वे निवासी एकै घरका हुन्। मृत्यु हुनेमा एकै परिवारका सौतेती आमाछोरा रहेका छन्। धरानका ७४ वर्षीया वृद्धा र अर्का मृतक ६० वर्षीय वृद्ध पुरुष उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए। ७४ वर्षीय वृद्धाको बिहान साढे ८ बजे मृत्यु भएको थियो। उनलाई हिजो राति ८ बजेर ३७ मिनेटमा प्रतिष्ठानमा भर्ना गरिएको थियो। उनलाई हिजो नै कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक वृद्धालाई मधुमेह र उच्च रक्तचापको पनि समस्या थियो। यसैगरि, अर्का निधन भएका वृद्धको आज बिहान ७ बजेर ४५ मिनेटमा निधन भएको प्रतिष्ठानले जनाएको छ। उनलाई पनि हिजो राति नै प्रतिष्ठानमा भर्ना गरिएको थियो। उनको पनि पिसिआर रिपोर्ट हिजो नै पोजेटिभ आएको हो। मृतकलाई मधुमेहको समस्याका साथै २ महिनादेखि कलेजको बिरामी पनि देखिएको थियो। मृतक दुवैजना रेल्वे चोक निवासी एकै परिवारका सदस्य रहेको वडाअध्यक्ष मनोज भट्टराईले जानकारी दिए। योसँगै धरानमा संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ। कोरोना संक्रमणबाट प्रदेशमा मृत्यु हुनेको संख्या भने ३१ पुगेको छ।

प्रतिकृया दिनुहोस्