Friday, July 30

सिमा रक्षा गर्न तिंकर भन्ज्याङ पुगेका सशस्त्र कमान्डरले पिता गुमाएको खबर पनि सुन्न पाएनन् !

August 31, 2020 270

काठमाडौ । भारतले लगातार नेपाली भूमाग ओगट्न थालेपछि नेपालले अहिले सिमानाका क्षेत्रमा सुरक्षा बढाएको छ । पश्चिमा रहेको सिमाना जहाँ भारत र चीनलाई जोड्छ ब्यास गाउँपालिका जहिले पनि चर्चामा छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

भारतले सो गाउँपालिका लगायत ठूलो जमिन अति’क्रम’ण गरेको छ । नेपालले बारम्बार वार्ताको लागि राख्दै आएको प्रस्ताव भारतले अस्विकार गरेपछि नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको क्षेत्रलाई समेटेर राजनीतिक र प्रशासनीक नक्सा जारी गरे पछि अहिले भारतसंगको सम्बन्ध चिसिएको छ।

सिमानामा अहिले नेपालले पनि सुरक्षा बढाएको छ । सरकारले अतिक्रमित भूमी कालापानीबाट १४ किलोमिटर तल छाङरुको घाघाबगरमा बीओपी स्थापना गरेको छ । तर त्यो अनकन्टार भूगोलमा सुरक्षाकर्मीलाई बस्न सजिलो छैन । सशस्त्र प्रहरी बलको छाङरुस्थित बोर्डर आउट पोष्ट (बीओपी) बाट सशस्त्र प्रहरी नायब निरीक्षक (सई) राजेन्द्र बिष्टको कमाण्डमा १३ जनाको टोली तिंकर भन्ज्याङ पुग्यो ।

उनी उता नेपालको भूमी सुरक्षा गर्ने टोलीको कमाण्ड गर्दै त्रीदेशिय सिमानामा पुग्दा यता बझाङ, थलारा गाउँपालिका–५ स्थित घरमा बुवाको निधन भयो । अनकण्टार ठाउँमा पुगेका उनले वुवाको निधन भएको खबर तत्काल पाउन सकेनन् । ब्यास गाउँपालिकामा नेपाल टेलिकमले भर्खरै टावर निर्माण गरेको छ। तर, छाङरु र तिंकर गाउँ बाहेक अन्य डाँडापाखाहरुमा ‘कभरेज’ पुग्दैन।

त्यसैले बुवाको निधन भएको खबर उनले तत्काल पाउन सकेनन् । फेरी उनी टोलि लिएर छाङरु पुगे त्यहाँ भाग्यवस टेलिफोन सम्पर्क हुन सक्यो अनि मात्र उनले बुवाको निधन भएको खबर पाए । वुवाको निधनको खबर पछि उनी दुई दिनमा छाङरुबाट खलंगा पुगे अनि मात्र जिप बुक गरेर बझाङस्थित घर पुगे ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

 

प्रतिकृया दिनुहोस्