Friday, April 23

कोरोनाका कारण अन्तिम सास लिँदै थिइन् आमा, छोराले आइसीयूको झ्यालमा चढेर जब विदाइ गरे त्यसपछी …

July 21, 2020 467

काठमाडौं। कोरोनाभाइरसका कारण एक छोरा आफ्नी आमासँग बिछोडिएको दर्दनाक तस्वीर सार्वजनिक भएको छ । घटना प्यालेस्टाइनको हो । एक महिला कोरोनाभाइरसबाट संक्रमित भएपछि उनको अस्पतालमा उपचार भइरहेको थियो । संक्रमण फैलन सक्ने खतराका कारण उनका छोरालाई आमासँग जान दिइएन । त्यसपछि ती छोरा हरेक दिन आइसीयूको झ्यालमा चढेर आमालाई हेर्ने गर्थे ।जबसम्म महिला जीवित रहिन् त्यतिबेलासम्म यो सिलसिला चलिरह्यो । आमा अस्पतालको बेडमा हुन्थिन् र छोरा घण्टौं झ्यालमा बसेर आमालाई नियालिरहेकी हुन्थे ।

अस्पतालको आइसीयूको झ्यालमा बसेर आमालाई नियालिरहेका छोराको तस्वीर सामाजिक संजालमा भाइरल भइरहेको छ । स्थानीय समाचार वेबसाइट अल नाका अनुसार बेइट आभा शहरका प्यालेस्टाइनी युवक जिहाद अल सुवातीले हेब्रोन अस्पतालको आइसीयूको झ्यालमा चढेर आफ्नी आमालाई अन्तिम विदाइ गरे ।उपचारको क्रममा महिलाको अस्पतालमा मृत्यु भएको हो । प्यालेस्टाइनमा ७३ वर्षकी महिला रश्मी सुवितीको बिहीबार निधन भएको थियो । आफ्नी आमालाई हेर्नको लागि अस्पतालको झ्यालमा चढे । उनी झ्यालमा चढेका बेला कसैले उनको तस्वीर लिए र सामाजिक संजालमा शेयर गरेका थिए ।

प्रतिकृया दिनुहोस्