Thursday, May 13

फाल्गुनन्द गाउँपालिकामा मातृभाषा शिक्षा अघि बढ्ने, मातृभाषाविरुद्धको रिट खारेज

August 31, 2020 96

पाँचथरको फाल्गुनन्द गाउँपालिकामा अब निर्वाध रुपमा मातृभाषा शिक्षा पठनपाठन कार्य अघि बढ्ने भएको छ ।

मातृभाषा शिक्षा सञ्चालनका लागि गाउँपालिकाले गरेको शिक्षक नियुक्तीविरुद्ध हालिएको रिट उच्च अदालत विराटनगरले खारेज गरिदिएको छ ।

 

नेपाल कम्युनिष्ट पार्टी फाल्गुनन्द गाउँपालिकाका सचिवसमेत रहेका फाल्गुनन्द गाउँपालिका–४ का इन्द्रकुमार नेम्वाङले गलत भएकाे भन्दै मातृभाषा शिक्षक नियुक्ती प्रक्रियाविरुद्ध गत वर्ष कात्तिक ७ गते उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए ।

सोपछि उच्च अदालत विराटनगरले मातृभाषा शिक्षाका लागि सुरु गरिएको प्रक्रिया तत्काल अघि नबढाउन गाउँपालिकाको नाममा अन्तरिम आदेश दिएको थियो ।

अदालतले समेत मातृभाषा शिक्षा सञ्चालनमा रोक लगाउन खोजेको भन्दै आदिवासीजन्य संस्थाका प्रतिनिधि तथा भाषिक अधिकारकर्मीहरुले साे कार्यकाे विरोध गरेका थिए ।

फाल्गुनन्द गाउँपालिकाले आफू मातहत रहेका ४० वटा सरकारी विद्यालयमा लिम्बू, राई र तामाङ भाषाबाट शिक्षा सञ्चालन गर्ने गरी शिक्षक नियुक्तीको प्रक्रिया अघि बढाएको थियो ।

गाउँपालिकाले ४० मध्ये ९ वटा विद्यालयमा भने त्यसअघि नै शिक्षक नियुक्ती गरेको थियो ।

नेम्वाङले रिट दायर गरेपछि बाँकी प्रक्रिया रोकिएकाेमा हाल अदालतले नेम्वाङको रिट खारेज गरिदिएपछि अब सो प्रक्रिया स्वतः अघि बढ्ने भएको छ ।

 

प्रतिकृया दिनुहोस्