Tuesday, May 11

टिकटक गरेर चर्चामा आएकी नेपाली ‘क्युट’ नानी भारतिय मिडियामा यसरी छाइन्

August 31, 2020 607

काठमाडौं।नेपाली सानी बालिका समायरा थापालाई नचिन्ने अब सायदै होलान । टिकटकमा अहिले यी बालिका भाइरल बनेकी छन् । उनको अभिनय देखेर नलोभिने सायदै होलान ।

उनी नेपालका मिडियामा त छाएकै थिइन् । तर अब भने उनी विदेशी मिडियामा समेत छाउन थालेकी छन् ।उनका भिडियोहरु भाइरल हुँदै जाँदा उनी देशबाहिरका मिडियाको नजरमा पनि पर्न थालेकी छिन् ।

समायरा बारे भारतको मिडिया ‘द इण्डियन एक्सप्रेस’ले रिपोर्ट प्रकाशित गरेको छ । रिपोर्टमा उनले धेरैको मन जितेको उल्लेख छ । उनका धेरैे छोटा भिडियोहरु अहिले निकै भाइरल भइरहेका छन् । यी भिडियोहरु सुरुमा टिकटकमा शेयर हुन्छन् त्यसपछि कैयौं अन्य अनलाइन प्लेटफर्मसम्म पुग्छन् । उनको टिकटक हेपछि हेरिरहु मात्र लाग्ने खालका छन् ।

प्रतिकृया दिनुहोस्