Friday, April 23

‘नागिन ४’ नायिका निया शर्मा बनिन् ‘खतरों के खिलाड़ी’ को बिजेता

August 31, 2020 440

काठमाडौं-एक्शन रियालिटी शो ‘खतरों के खिलाड़ी-मेड इन इंडिया’ को बिजेता स निया शर्मा बनेकी छिन्। बै प्रतिस्पर्धीलाई पछि पार्दै ‘खतरों के खिलाड़ी’ को ट्रफी आफ्ना हातमा पार्न निया सफल भएकी हुन् ।

यस शोको बिजेताको फैसला आइतबार राति भएको ग्रयाण्ड फिनालेमा भएको हो। शनिबारको सेमी-फिनालेमा टप-५ प्रतिस्पर्धी भिडेका थिए। यस शोको सबै प्रतिस्पर्धीले निया शर्मालाई लिएर केहि दिन पहिले नै सोशल मिडियामा उनले शो जितिसकेको बताएका थिए।

‘नागिन ४’ फेम एक्ट्रेस निया ले आफु यस शोको बिजेता भैसकेपछि सामाजिक संजाल इन्स्टाग्राममा ट्रफीको साथ फोटो शेयर गर्दै आफ्नो खुसि व्यक्त गरेकी छिन्। उनले लेखेकी छन् ‘खतरों के खिलाड़ी मेड इन इंडिया’ जिते। सुन्दर अवसरको लागि कलर्स टिभीलाई धन्यवाद।’। करिश्मा तन्नापछि नियाले यस शो जितेर महिला शक्तिको उदाहरण दिएकी छिन्।

 

प्रतिकृया दिनुहोस्