Friday, April 23

प्रचण्ड अचानक प्रधानमन्त्रीसंग सहमति गर्न गएपछि माधव नेपालले लिए यस्तो निर्णय

July 21, 2020 465

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्दै आएका अर्का अध्यक्ष पुष्पकमल दाहालसंग फेरी समिकरण हुने भएपछि अर्का नेता माधव नेपाल र उनको समुह फेरी एक्लिएको छ । सोमवार प्रचण्ड निवास खुमलटारमा भएको प्रचण्ड निकटका नेकपा स्थायी समितिका नेताहरुले प्रधानमन्त्री ओलीसंग सहमति गरेर अगाडी जान सुझाव दिएपछि नेपाल फेरी एक्लिएका छन् ।

अचानक प्रचण्ड फेरी प्रधानमन्त्री ओलीसंगै समझदारी गर्न गएपछि एक्लिएका नेपालले अबको स्थायी समिति बैठकमा प्रचण्डको प्रस्तुती हेरेर मात्र नयाँ रणनीति बनाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्रीको राजिनामा माग गरेपछि नेकपामा सुरु भएको चर्को विवादमा सोमवार खुमलटारमा भएको भेला पछि अर्कै मोड लिने अनुमान गरिएको छ ।

प्रधानमन्त्री ओलीको कार्यशैली र अभिब्यक्तिका कारण रुष्ट भएका नेकपाकै शिर्ष नेताहरुले प्रधानमन्त्रीलाई सरकार र पार्टी अध्यक्षवाट राजिनाको माग गरेका थिए । स्थायी समिति बैठकमा प्रचण्डले नै मैले तपाईको राजिनामा माग गरेको हो भनेका थिए । त्यस पछि पटक पटक प्रचण्ड र ओलीको बैठक र छलफल भएको छ । पार्टी नेताहरुले राजिनामा माग गरेपछि ओली सरकार र पार्टी दुवैको नेतृत्व नछोड्ने अडानमा छन् ।

पछिल्लो पटक ओली र प्रचण्डबीच शनिवार भएको एक्ला एक्लै बैठकमा ओलीले प्रचण्डलाई मंसिरमा पार्टीको महाधिवेसन गरेर उनलाई पार्टीको एकल नेतृत्व हस्तान्तरण गर्न आफू तयार रहेको बताएपछि नेपाल पक्ष झस्किएको हो। ओलीको सो प्रस्ताव पछि सोमवार खुमलटारमा भएको पूर्व माओवादी नेताहरुको भेलाले प्रधानमन्त्रीसंगै सहमति गरेर जाने निष्कर्ष निकालेको छ ।

सो प्रस्तावबारे सूचना बाहिरिएलगत्तै नेपालले दुई अध्यक्षबीच मात्रै कुनै सहमति गरिए त्यसविरुद्ध आफूले देशव्यापी अभियान चलाउने चेतावनी दिएका थिए। प्रधानमन्त्री ओलीले ल्याएको प्रस्तावमा पहिले सकारात्मक देखिएका प्रचण्डले आइतबार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी कमिटीका सदस्यहरुलाई आफूले कुनै सम्झौता नगरेको बताएका थिए।

‘आगामी बैठकमा अध्यक्ष प्रचण्ड र उनी निकट स्थायी कमिटीका सदस्यहरु कसरी प्रस्तुत हुन्छन्, त्यो हेरेपछि मात्रै वास्तविक अवस्था बुझिने नेपाल निकट नेताले बताएका छन् । आगामी रणनीति तय गर्न नेता नेपाल स्थायी समिति बैठकको प्रतिक्षामा छन् ।

 

प्रतिकृया दिनुहोस्