Sunday, August 1

जन्मेदेखि १८ वर्षसम्म सुते’को सु’त्यै, आमा कल्पनाले रुँदै भन्नु हुन्छ– “न धन बच्यो, न सपाङ्ग नै भयो ।”

September 1, 2020 643

पर्वत, १६ भदौ । यहाँको एक विकट गाउँका १८ वर्षीय किशोर जन्मेको १४ दिनदेखि अहिलेसम्म सुतेको सुत्यै छन् । शुरुमा मेनेन्जा’इटिस (मस्तिष्कको झिल्ली गम्भीर तरिकाले सुनिने रो’ग) बाट ग्र’सित कुश्मा नगरपालिका–१२ ठुलीपोखरीका सन्दीप लामिछाने चौबीसै घण्टा सुतेर जीवन बिताइरहेका छन् । उनको हातखुट्टा, शरीरको कुनै पनि भाग चल्दैन भने बोल्न, हाँस्नसमेत सक्दैनन् । त्यतिमात्र होइन, उनी आफँै खानसमेत सक्दैनन् । सहजरूपमा स्वास फेर्न पनि गा’ह्रो हुन्छ ।

शुरुआतमा उपचारका लागि गण्डकी अस्पताल पोखरा लगिएको भए पनि रो’ग निको नभएपछि उनलाई विभिन्न झार’फुक गर्ने तथा नेपालका सबैजसो अस्पतालमा पुर्याउँदा पनि अवस्था नसु’ध्रिएको उनकी आमा कल्पना सुवेदीले बताउनुभयो । “नेपालका सबै ठाउँमा पुर्यायौँ तर निको हुन सकेन, अहिले काठको मुढोजस्तै ज्यूँदो अवस्थामा रहेको शरीर कुरेर बस्नुको विकल्प भएन”, सुवेदीले भन्नुभयो ।

शारीरिकरूपमा वृद्धि भए पनि हातखुट्टा र शरीरको कुनै पनि भागले काम नगरेपछि काठको मुढोजस्तै चौबिसै घण्टा पल्टाएर वा ह्विलचियरमा ठडाएर राख्ने गरिएको छ । आर्थिक अवस्था कमजोर रहेको सुवेदीको परिवारका जेठा छोरा सन्दीपको अवस्था यस्तो भएपछि ठूलो स’मस्या परेको सन्दीपका बाबु कृष्णप्रसादले गुनासो गर्नुभयो । सुवेदी परिवारका अन्य दुई सन्तान भने स’पाङ्ग नै छन् । “रो’ग लागेदेखि नै उपचारबाट निको हुन्छ कि भनेर लाखौँ खर्च गरियो, बीसको उन्नाइस भएन”, आमा कल्पनाले रुँ’दै भन्नुभयो, “न धन बच्यो, न सपाङ्ग नै भयो ।”

देख्दै असहजजस्तो देखिने उनको अवस्थाले परिवारका सदस्य पि’रोलिने गरेका छन् । उनलाई खुवाउने, दिसापिसाब गराउने, लुगा फेरिदिने, नुहाइधुवाई गरिदिनका लागि एक जना रातदिन खट्नुपर्ने अवस्था छ । आमाबाबुले रात र दिन आलोपालो गरी स्याहारसुसार गर्नुपर्ने बाध्यता रहेको कल्पनाको भनाइ छ । नेपालमा उपचारको अर्को पद्धति नभए पनि कतैबाट आर्थिक सहयोग पाएमा विदेशमा लैजाने सोच रहेको उनीहरुको छ ।

“अब त निको होला भन्ने आश पनि मरिसक्यो”, कल्पनाले भन्नुभयो, “यही अवस्थामा कति वर्ष कुरेर बस्नुपर्ने हो थाहा छैन ।” भगवान्ले पनि आफ्नो जस्तो गरिब परिवारमा बज्र’पात पारिदिएको कल्पनाको दुखे’सो छ । सन्तान पाएपछि हुर्काउँला, बढाउँला, पढाउँला र उनीहरुको कमाइबाट सुखस’यलमा बसौँला भन्ने अभिभावकको चाहना चकनाचुर भएको कृष्ण दम्पतीको गुनासो छ ।

सन्दीपले पूर्ण अपा’ङ्गताको सुविधा पाउँदै आएका छन् भने स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि रु पाँच हजार सहयोग पाएका छन् । यसबाहेक अहिलेसम्म राज्यबाट उपचारका लागि होस् वा दैनिक स्याहा’रसुसा’रका लागि होस् कुनै पनि सहयोग नपाएको गुना’सो उनीहरुको छ ।

 

प्रतिकृया दिनुहोस्