Tuesday, May 11

नयाँ भाग बनाउने वातावरण नभएपछि बन्द भयो जिग्रि र पाँडेको ‘सक्किगोनी’

September 1, 2020 126

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य शृंखला ‘सक्किगो नी’ बन्द भएको छ । कोरोना कहरका कारण यो शृंखला केही सातादेखि बन्द भएको हो । कोरोनासँगै लगाइएको बन्दाबन्दीका कारण नयाँ भाग प्रसार नभएर पुरानै भाग प्रसारण हुँदै आएको शृंखला अहिले आएर पूरै रोकिएको छ ।

तत्कालका लागि शृंखला बन्द भन्दा पनि रोकिएको भन्नु पर्ने निर्देशक तथा कलाकार कुमार कट्टेल ‘जिग्री’ ले बताए । उनले बन्दाबन्दीपछि नयाँ भाग बनाउने वातावरण नभएपछि अहिलेलाई रोकिएको जनाए । उनले भने, ‘अहिले कोरोना भाइरसको संक्रमण बढिरहेको छ । हाम्रो युनिट पनि ठुलो छ ।’ कट्टेलले सरकारले समेत सुटिङ लगायतका भिडभाड हुने गतिविधि रोकेका कारण नयाँ शृंखला बनाउन नसकिएको बताए । सौर्य दैनिकमा खबर छ ।

उनले भने, ‘अहिले लगाइएको निषेधाज्ञा खुलेर सरकारले सुटिङका लागि अनुमति दिनेबित्तिकै शृंखला पुनःसुचारु हुने छ ।’ समसामयिक विषयमा केन्द्रित रही बनाइने यो हाँस्य शृंखलामा अर्जुन घिमिरे ‘पाँडे’, कुमार कट्टेल ‘जिग्री’, हरि निरौला, रक्षा श्रेष्ठ, सागर लम्साल ‘बले’ सिपी पुडासैनी लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस्