कोरोना त्रासको प्रचार बढी भयो, अब जनतालाई घर भित्र थुन्ने कम बन्द गरेर जनजीवनलई सामान्य बनाउँ : डा. शाही

September 1, 2020 102

काठमाडौँ । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको बढ्दो संक्रमणले नेपालमा दैनिक १ हजारको हाराहारीमा संक्रमण र ठूलो संख्यामा मृत्यु हुन थालेका बेला डा पूर्ण शाहीले यो अवस्थामा पनि लकडाउन, आइशोलेशन केही आवश्यक नभएको बताएका छन् ।

डा शाहीले कोरोना भाइरस सामान्य रुघाखोकी भएको र यो सामान्य संक्रमणलाई भयावह देखाएर आतंकित पार्ने काम भएको समेत सार्वजनिक रुपमा नै बताउँदै आएका छन् । उनले कोरोना मृत्युदर ० दशमलव १ प्रतिशत मात्रै रहेको र यसलाई महामारी भन्न नमिल्ने तर्क समेत राख्दै आएका छन् ।

डा शाहीले कोरोनाको प्रचारप्रसार र बढ्दो आतंक सन्त्रास देखाएर सरकारले लकडाउन गरेर मान्छेलाई घरमा थुन्ने र मार्ने काम गरेको समेत आरोप लगाएका छन् । उनले लकडाउन, आइशोलेशन सबै हटाएर जनजीवन सामान्य बनाउन समेत सुझाव दिएका छन् ।

आइतबार मात्रै नेपालमा कोरोनाबाट ७ जना सहित २ सय भन्दा बढीले ज्यान गुमाएका छन् भने आइतबार मात्रै ८९९ जनामा संक्रमणको पुष्टि भएको थियो । जसमध्ये काठमाडौँ उपत्यकामा भने हजारौँ संक्रमित फेला परिसकेका छन् ।

 

प्रतिकृया दिनुहोस्