Friday, May 14

कोरोनालाई जितेर छिट्टै जनताको सेवामा फर्किन्छु : प्रमुख शाक्य

September 1, 2020 96

भदौ १६, २०७७ काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनालाई परास्त गरी छिट्टै जनताको सेवामा समर्पित हुने विश्वास व्यक्त गरेका छन्। ’तपाईंहरुको निरन्तरको साथ, सहयोग, समर्थन र मप्रति देखाउनु भएको सद्‌भावले मलाई थप ऊर्जा प्राप्त भएको छ’, मंगलबार एक विज्ञप्ति जारी गर्दै शाक्यले भनेका छन्, ‘यो ऊर्जाले कोरोनालाई परास्त गर्न मलाई थप हौसला प्राप्त भएको छ।’ उनले छिट्टै कोरोनालाई जित्‍ने दाबी गरेका छन्। ‘छिट्टै कोरोनालाई परास्त गरी तपाईंहरुको सेवामा समर्पित हुने अटल विश्वास व्यक्त गर्न चाहन्छु’, उनले भनेका छन्। उनले उच्च सावधानी अपनाउँदै कोभिड–१९ को नियन्त्रण र व्यवस्थापनसँगै कोरोनाको कहरबाट काठमाडौं र उपत्यकावासीलाई जोगाउने अभिप्रायका साथ अहोरात्र कार्यक्षेत्रमा खटिरहेको अवस्थामा आफूलाई संक्रमण पुष्टि भएको बताएका छन्। ‘विश्व नै अहिले कोरोनाको कहरमा छ। नेपालमा पनि हरेक दिन कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै गैरहेको छ। संघीय राजधानी काठमाडौं उपत्यका र काठमाडौं महानगरपालिकामा समेत संक्रमितको संख्या दिनहुँ बढिरहेको छ,’ उनले भनेका छन,’ ‘यस्तो जटिल परिस्थितिमा समेत उच्च सावधानीका अपनाउँदै कोभिड–१९ को नियन्त्रण र व्यवस्थापनसँगै कोरोनाको कहरबाट काठमाडौं र उपत्यकावासी लाई जोगाउने अभिप्रायका साथ अहोरात्र कार्यक्षेत्रमा खटिरहेको अवस्थामा मलाई संक्रमण पुष्टि भएको छ।’

प्रतिकृया दिनुहोस्