Tuesday, June 22

आज ह्वात्तै घट्यो सुनको भाउ , तोलाको कति पुग्यो हेर्नुहोस्

September 2, 2020 2877

काठमाडौं १७ भाद्र / सुनको भाउ आज तोलामा १२ सय रुपैयाँ घटेकाे छ । सुनको भाउ आज तोलाको ९७ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजाे तोलामा ९ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९८ हजार ४ सय रुपैयाँ थियो । यस्तै हिजाे तेजावी सुन प्रति तोला ९७ हजार ९ सय रूपियाँमा काराेकार भएको थियाे । आज तेजावी सुनकाे मूल्य ९६ हजार ७ सयमा काराेकार भइरहेकाे छ ।

हिजाे चाँदीको मुल्य १ हजार ३ सय ९५ मा काराेबार भएकाे थियाे भने अाज चाँदीकाे मूल्य १ हजार ३ सय ६५ रूपियाँमा काराेबार भइरहेकाे छ ।

अन्य समाचार : काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको छ । यस सम्बन्धी निर्णय बुधबार हुने भएको छ । यही भदौ ३ गते बुधबारबाट जारी एक साता लामो निषेधाज्ञा १३ गतेबाट पुनः थप गरी १७ गते बुधबारसम्म पु¥याइएको थियो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले यस विषयमा छलफल भएको र बुधबार निर्णय हुने जानकारी दिनुभयो । काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा केही खुकुलो पार्ने कि कडाइका साथ लागू गर्ने सम्बन्धमा निर्णय लिन सकेका छैनन् । सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्था नियमित सञ्चालनमा रहेकाले सडकमा सवारीको चाप घटेको छैन ।

उद्योग तथा व्यापार व्यवसायीले निषेधाज्ञा खुकुलो पार्नुपर्ने माग गरेका छन् । काठमाडौँ उपत्यकामा भने कोरोना सङ्क्रमण प्रतिदिन बढ्दै गएको छ ।

स्थानीय जनप्रतिनिधि तथा नगरप्रमुख, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले भने निषेधाज्ञा कडा गर्नुपर्ने सुझाव दिएका छन् । स्वास्थ्य तथा सुरक्षा मापदण्डको पूर्ण पालना गर्नेगरी केही व्यवसाय सञ्चालन गर्न दिने र निषेधाज्ञा एक साता थप्ने विषयमा छलफल गरिएको छ ।

प्रतिकृया दिनुहोस्