Wednesday, June 23

कपिलवस्तुकी कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु

September 2, 2020 111

भदौ १७, २०७७ कपिलवस्तु : कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. ११ रामनगरकी ६० वर्षिय नगरपालिका वडा नं ११ की ६० वर्षिय कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। उनलाई भाद्र ७ गते कोरोना पुष्टि भई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरीएको थियो। स्वास्थ्यमा समस्या देखिए पछि कोरोना विशेष अस्पताल धागो कारखानामा सारिएको थियो। उपचारका क्रममा आज विहान सवा ९ बजे मृत्यु भएको सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए। मृत्यु भएकी महिलालाई ज्वरो , स्वास प्रस्वासमा समस्या, दिर्घरोग, रक्तचापको समस्या थियो। यो सँगै कपिलवस्तुमा मृत्यु हुनेको संख्या ४ पुगेको छ।

प्रतिकृया दिनुहोस्